बाँकुड़ामा तृणमूल नेताको गोली दागी हत्या
बाँकुड़ामा तृणमूल नेताको गोली दागी हत्या


बाँकुड़ा, 12 अगस्त (हि.स.)। बाँकुड़ा जिल्लाको सोनामुखी थाना क्षेत्रमा गए सोमवार राति तृणमूल कंग्रेसका स्थानीय एकजना नेताको सार्वजनिक रूपमा गोली ठोकी हत्या गरियो। मृतकको पहिचान चोकार्ड ग्राम पञ्चायतका बूथ कन्भेनर सिकन्दर खान उपनाम सायन खान (42)-को रूपमा भएको छ। घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ। सुरक्षाको दृष्टिले क्षेत्रमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ।

पुलिसानुसार सिकन्दर खान राति बाइकमा घर फर्किरहेका थिए। चोकाई गाउँ नजिक सिच्चा नालाको किनारमा अज्ञात आक्रमणकारीहरूले तिनीमाथि गोली दागे। तीन वटा गोली लागेर तिनको घटनास्थलमै मृत्यु भयो।

घटनाको खबर फैलिनसाथ स्थानीय मानिसहरू भयभित भए। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ साथै आरोपीहरूको खोजीमा छापामारी जारी छ। हत्याको पछाड़ि राजनीतिक कारण रहेको आशंका व्यक्त गरिँदैछ। तृणमूलको आरोप छ, यो हमला विपक्षी दलहरूको षड़यन्त्रको परिणाम हो। अर्कोतिर भाजपाले यस मामिलामा कुनै पनि प्रकारको संलिप्ततादेखि अस्वीकार गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande