गोलाघाट (असम), 12 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज आश्वस्त पारेका छन्, भारतको जुन कुनै राज्यलाई पनि असमको सेवाको आवश्यकता परे हामी तयार छौंं।
मुख्यमन्त्री डा. सरमाले मंगलवार गोवा पुलिसका 700 जवानहरूको पासिंग परेडको समापन पश्चात पत्रकारहरूलाई सम्बोधन गरिरहेका थिए।
मुख्यमन्त्रीले भने, यस प्रशिक्षण केन्द्रको आधारशिला केन्द्रिय गृहमन्त्री अमित शाहले राखेका थिए। यहाँ पुलिसलाई प्रशिक्षण दिने पर्याप्त सुविधा छ। उनले भने, यहाँ असम पुलिसका जवानहरूलाई ट्रेनिंग दिइनका साथै मणिपुर र गोवा पुलिसको रंगरूटहरूलाई प्रशिक्षण दिइएको छ। गोवा पुलिसका रंगरूटहरूलाई दश महिना एक साताको प्रशिक्षण दिएर आज उनीहरूलाई पास आउट गरिएको छ।
मुख्यमन्त्रीले भने, यस पासिंग आउट परेडमा मुख्य अतिथिका रूपमा उपस्थित गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तले असम पुलिस र असमका जनतालाई उत्साहित पारे जसको लागि राज्यका जनता तथा असम पुलिसको पक्षबाट उनलाई मुख्यमन्त्रीले धन्यवाद दिए।
मुख्यमन्त्रीले आशा व्यक्त गरे, प्रशिक्षणलाई लिएर जाने गोवा पुलिसका नयाँ रंगरूटले देशको सेवा समर्पित भावले गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा