सिलगढ़ी, 12 अगस्त (हि. स.)। माटीगाड़ा थानाको पुलिसले भारी मात्रामा प्रतिबन्धित कफ सिरप सहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम प्रदीप राय उपनाम टेपु (33) हो जो शिवमन्दिर बीएड कलेज क्षेत्र निवासी रहेको बताइएको छ।
सूत्र अनुसार माटीगाड़ा थानाको पुलिसलाई गए सोमवार अबेर राति गुप्त सूचना प्राप्त भयो कि एक जना युवक रविन्द्र सरणी क्षेत्रमा संदिग्ध अवस्थामा घुमिरहेको छ। सूचना पाएर माटीगाड़ा थानाको पुलिसले अभियान संचालन गऱ्यो। अभियानको क्रममा पुलिसले युवकलाई आफ्नो कब्जामा लियो जसको जाँच गर्दा 25 बोतल प्रतिबन्धित कफ सिरप भेटियो। त्यसपछि पुलिसले आरोपी युवकलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गऱ्यो। माटीगाड़ा थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा