आकाशवाणी खरसाङद्वारा सोनादा डिग्री कलेजमा विभिन्न कार्यक्रम आयोजित
आकाशवाणी खरसाङद्वारा सोनादा डिग्री कलेजमा विभिन्न कार्यक्रम आयोजित


सोनादा, 12 अगस्त (हि.स.)। आकाशवाणी खरसाङको टोली सोनादा डिग्री कलेजमा पुगेर कलेजका विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरेको छ। विशेष गरेर आकाशवाणी गत वर्ष 2024 मा 90 वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्नुका साथै आकाशवाणीले युवाहरुलाई मञ्च प्रदान गर्नु र युवाहरु समक्ष पुग्नलाई विशेष पहल गरिरहेको छ।

यस क्रममा आकाशवाणी खरसाङको टोली सोनादा डिग्री कलेज पुगेर विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गऱ्यो। आकाशवाणी खरसाङको टोलीमा प्रसारण निष्पादकहरु मिङमा दोर्जे लामा, मनन तामाङ र योजना मोहोरा साथै वरिष्ठ उद्घोषक उमेश कार्कीढोली लगायत अभिषेक गोयल, मौसम नेवार, पुरण राई आदि उपस्थित रहेका थिए।

आकाशवाणी युवाहरु समक्ष लाने उद्देश्यले विभिन्न प्रतियोगिताहरु जस्तै क्विज, निबन्ध लेखन र वाकपटुता आयोजना गरियो। यस प्रतियोगिता अन्तर्गत क्विजमा प्रथम प्रितिसा राई, दोस्रो रोशनी छेत्री, तेस्रो सहनाज बेगम, निबन्ध लेखनमा प्रथम रोशनी छेत्री, दोस्रो साईना राणा, तेस्रो अभिषेक शर्मा र वाकपटुतामा प्रथम श्रेया गुरुङ, दोस्रो विवेक थापा र तेस्रो प्रितिसा राई भए। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई आकाशवाणीको तर्फबाट प्रमाण पत्रसहित उपहार प्रदान गरिएको छ।

यस अवसरमा आकाशवाणी खरसाङ रेडियो सेटमा अनि news on air apps र FM 103.5 MHZ साथै FM Darjeeling 100.2 MHZ मा पनि सुन्न सकिने जानकारी गराइयो। आकाशवाणी खरसाङ आगामी दिनहरूमा पनि विभिन्न कलेजहरुमा पुगेर यस्तै कार्यक्रमहरु आयोजना गर्ने जानकारी प्रसारण निष्पादिका योजना मोहोराले बताएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande