हगली, 12 अगस्त (हि.स.)। तृणमूल कंग्रेसका वरिष्ठ सांसद कल्याण ब्यनर्जीले आफ्नो सोशल मीडिया पोस्टमा चुनाउ आयोग समक्ष भएको धरनामा आफ्नो अनुपस्थितिलाई लिएर स्पष्ट पारेका छन्। पोस्टसितै तृणमूल सांसदले एउटा तस्वीर पनि साझा गरेका छन् जसमा उनलाई प्रधानमन्त्री मोदीको छेवैमा बसेको देखिएको छ।
कल्याण ब्यनर्जीले भने, उनी वर्ष 2014-देखि नै संसदीय आवास समितिका सदस्य हुन्। नवनिर्वाचित सांसदहरूको लागि आवासको अभावलाई समाधान गर्ने उदेश्यले बाबा खड़ग सिंह मार्गमा उनको निगरानीमा 184 फ्ल्याट बनाइयो। उनले भने, यो कुनै सानो काम थिएन, तर समितिले यसलाई पूरा गरेर देखायो।
कल्याण ब्यनर्जीले अझ भने, गए सोमवार बिहान 10 बजे प्रधानमन्त्रीले यस आवास परिसरको उद्घाटनगरे अनि 10.30 बजेभित्रमा उनी सुप्रीम कोर्ट तर्फ प्रस्थान भए जहाँ मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)- लाई लिएर उनको पार्टीको चुनौती तथा ओबोसी मुद्दामा दुईवटा महत्वपूर्ण मामिलामा सुनवाई हुनुथ्यो। उनले भने, यसै कारणले चुनाउ आयोग समक्ष पार्टीको धरनामा सामेल हुन सकिनँ।
कल्याण ब्यनर्जीले लेखे, उनलाई आफ्नो अनुपस्थितिलाई लिएर कसैलाई स्पष्टिकरण दिनरहने आवश्यकता छैन, तर कतिपय मानिसहरूले सदैव उनीमाथि हमला गर्ने अवसर खोजिरहेका हुन्छन्। उनले कटाक्ष गर्दै भने, पछिल्लो चुनाउमा नानाथरीको षड़यन्त्र गरे पनि 01 लाख 75 हजार भोटले उनले जितेका थिए। संसदले आफ्नो पोस्टमा दोहोऱ्याए, उनको दृढ़ निष्ठा र इमानदारीतामाथि प्रश्न उठाउन सक्दैन र ममता ब्यनर्जीप्रति उनको निष्ठा निर्विवाद छ, आगामी दिनमा पनि रहनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा