बीकानेर, 12 अगस्त (हि.स.)। सीमा सुरक्षा बल (बीएसएफ) को गोप्य सूचनामा पुलिसको साथ संयुक्त सर्च अभियानमा भारत-पाकिस्तान अन्तरराष्ट्रिय सीमा नजिक 1.665 किलो हेरोइन जफत गरिएको छ। जफत गरिएको हेरोइनको दर अन्तरराष्ट्रिय मार्केटमा लगभग 8.50 करोड़ रूपियाँ बताइएको छ।
उपसमादेष्टाट इन्टेलिजेन्स ब्राञ्च बीकानेरका महेश चन्द जाटले बताए, लोकल पुलिस खाजूवालाको साथ ग्राम 21 बी को एरियामा एक संयुक्त सर्च अभियान चलाइयो। सोही अवधि बन्दरी पोस्ट निकट हिल्लोमा प्याकेट भेटाइयो। उक्त प्याकेट खोलेर हर्दा यसमा 1.655 किलो ड्रग थियो। यो प्याकेट छह अलग-अलग लेयरमा प्याक भएको थियो। यही पोस्टमा दुई वर्ष पहिले तत्कालीन डीआईजी पुष्पेन्द्र सिंहको नेतृत्वमा बीएसएफले तीन सय करोड़ रूपियाँको हेरोइन जफत गरेको थियो, जुन अहिलेसम्मको सबैभन्दा ठूलो कारबाही थियो।
हिन्दुस्थान समाचार / भवानी थामी