बन्द रहेको खरसाङको‌ बाईपास रोड मरमत्तिको कार्य शुरु
बन्द रहेको खरसाङको‌ बाईपास रोड मरमत्तिको कार्य शुरु


- रोड खोलाउन केही समय लाग्ने हुनाले चालकहरुलाई धैर्य धारण गरिदिन निवेदन

खरसाङ, 12 अगस्त (हि.स.)। गत 8 अगस्तमा खरसाङको सुधपा टोलमा गएको पैह्रोपछि बन्द रहेको बाइपास रोड खोलाउन आजदेखि मरमत्तिको कार्य शुरु गरिएको छ। केही दिनदेखि लगातार रुपमा परिरहेको पानीले गर्दा खरसाङको सुधपा टोलमा रोड प्वाँल परेर कल्भर्ट बन्द भएपछि बाईपास रोड बन्द भएको थियो। उक्त रोड खोलाउन जीटीए प्रमुख अनित थापाको निर्देशनमा आजदेखि कार्य शुरु गरिएको छ।

यस रोडको मरमत्तिको कार्य शुरु भएकाले यो रोड खोलाउन अझैं केही समय लाग्न सक्ने क्षेत्रीय सभासद श्याम शेर्पाले जानकारी गराएका छन्। सभासद शेर्पाले चालकहरुलाई पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दै यो रोड खोलाउन केही समय लाग्ने हुनाले चालकहरुलाई धैर्य धारण गरिदिन निवेदन गरेका छन्।

उनले जनताको असुविधालाई हेरेर रोड मरमत्तिको कार्य शुरु गरिएको जानकारी गराए। उनले मरमत्तिको कार्य गुणात्मक हुनुपर्ने कुरामा जोड दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande