कोलकाता, 12 अगस्त (हि.स.) । पश्चिम बंगालको मुर्शिदाबाद जिल्ला अधिनस्थ समशेरगञ्जमा गए सोमवारअबेर राति गंगा किनारमा भएको भयानक कटाउले केही परिवारहरूलाई बेघर बनाइदियो। राति सुतिरहेका मानिहरूको घर अचानक नदीमा समाहित भयो। सबैजना समयमै घर बाहिर निक्लेर आफ्नो जीवन बचाउन सफल भए पनि केही गाई-वस्तु तथा रूखपात नदीमा बग्यो। यस घटनाले सम्पूर्ण क्षेत्रमा भाग-दौड़ मच्चियो। अहिलेघरि गंगा किनारमा बसेका मानिसहरूमा भय व्याप्त भएको छ।
प्राप्त जानकारी अनुसार बितेको सोमवार राति उत्तर चाचंड औमध्य चाचंड क्षेत्रका मानिसहरू खाना खाएर सुतिरहेका थिए, अचानक तीव्र विस्फोट भयो जसले उनीहरू निन्द्राबाट ब्युझिएँ। हेर्दा घरको एक भाग गंगामा धसिसकेको थियो। मानिसहरू तत्कालै आ-आफ्नो घरबाट बाहिरिए। केही घरहरू अहिले पनि जोखिममा परेका छन्। नदी किनारमा अवस्थित एउटा मन्दिर पनि चर्किएको छ।
मंगलवार बिहानदेखिकै मानिसहरू आफ्नो घरको सामान समेटेर सुरक्षित स्थानहरू तर्फ गइरहेका छन्। प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगेर स्थितिलाई सम्हाल्न जुटेका छन्। प्रभावित परिवारहरूले प्रशासनसित तुरून्त राहत तथा पुनर्वासको माग गरेका छन्।
जानकारी अनुसार फरक्का ब्यारजमा गंगाको जलस्तर खतराको निशानदेखि 7.10 फुटमाथि बगिरहेको छ। मंगलवार बिहान 6 बजी फरक्का ब्यारजको अपस्ट्रीममा जलस्तर 80.10 फुट औडाउ नस्ट्रीममा 78.95 फुट दर्ता गरियो। जलस्तरमा भइरहेको यस वृद्धिको कारण गंगा र बागमारी नदी किनारका गाउँहरूमा पानी पसेको छ। सोमवार रातिदेखि नै फर्का पुलिस प्रशासनले माइकिंग गरेर मानिसहरूलाई सुरक्षित स्थानमा जाने अपील गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा