एसएसबीद्वारा हर घर तिरङ्गा अभियान अन्तर्गत गान्तोकमा तिरङ्गा बाइक ऱ्याली तथा वकाथन आयोजित
एसएसबीद्वारा हर घर तिरङ्गा अभियान अन्तर्गत गान्तोकमा तिरङ्गा बाइक ऱ्याली तथा वकाथन आयोजित


गान्तोक, 12 अगस्त (हि.स.)। सशस्त्र सीमा बल, गान्तोकको क्षेत्र मुख्यालयद्वारा आजादीको अमृत महोत्सव अन्तर्गत हर घर तिरङ्गा अभियानका रूपमा तिरङ्गा बाइक ऱ्याली तथा वकाथन आयोजित गरियो। क्षेत्र मुख्यालय, गान्तोकबाट शुरु गरिएको बाइक ऱ्याली गान्तोक शहरको रिजमा समापन भयो। यसका अतिरिक्त रानीपुल नजिक मार्चक गाउँमा वकाथन कार्यक्रम पनि आयोजित गरियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।

करिब 81 जना एसएसबी अधिकारीले जोशका साथ बाइक ऱ्याली अनि वकाथन कार्यक्रममा भाग लिए। कार्यक्रममा एसएसबी कर्मीले स्थानीयहरूलाई भारतको ध्वज संहिताबारे जानकारी दिँदै भारतको स्वतन्त्रता दिवसको छेक पारी 13 देखि 15 अगस्त सम्म राष्ट्रिय ध्वज घर-घरमा फहराउन प्रेरित गरे।

उक्त कार्यक्रम साझा अस्तित्त्व, स्वतन्त्रता तथा राष्ट्रको भावनाका साथ जोडिएको एकतालाई प्रोत्साहित गर्न लक्षित रहेको थियो। प्रतिभागीहरूलाई हर घर तिरङ्गा अभियानमा सहभागी बन्न पनि प्रेरित गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande