पाेखरीमा नुहाउन गएका तीन किशोरी डूबे, दुईको मृत्यु
पाेखरीमा नुहाउन गएका तीन किशोरी डूबे, दुईको मृत्यु


नदिया, 12 अगस्त (हि.स.)। जिल्लाको ताहिरपुर थाना अन्तर्गत पुरानो दिघिरपार क्षेत्रमा मंगलवार नुहाउन गएका तीन किशोरी एक पाेखरीबमा डूबे। उनीहरू चिच्याएको सुनेर वरपरका मानिसहरू दौड़ेर घटनास्थलमा पुगे औं पानीमा कुदेर उनीहरूलाई बचाइयो। स्थानीय निवासीहरूले उनीहरूलाई तुरन्तै रानाघाट महकुमा अस्पताल पुऱ्याए।

तर तिनीहरूमध्ये दुई जनालाई बचाउन सकिएन। उपचार भइरहेको बेला उनीहरूको मृत्यु भयो। दिधिरपारकी 10 वर्षीय राशि सरकार र 11 वर्षीय ज्योति मण्डलको मृत्यु भयो। यस घटनापछि पूरा क्षेत्रमा शोकको लहर दौड़ेको छ। 15 वर्षीय देविका सरकार अहिलेपनि रानाघाट अस्पतालमा जीवन-मृत्युसित जुझिरहेकी छे। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande