नगाउँ (असम), 12 अगस्त (हि.स.)। कलियाबरमा फेरि हात्ती-मानव संघर्षले भयानक रूप लिएको छ। कलियाबर चिया बगानको बोर लाइनमा आज भोर बिहान जंगली हात्तीको आक्रमणमा परी एक जना युवतीको मृत्यु भयो।
स्थानीय मानिसहरूले बताएका छन्, संगीता सेरू नामक युवती आफ्नो घरको आँगनमा खेलिरहेकी थिइन्। यसै अवधि जंगली हात्तीले हमला गऱ्यो जसले गर्दा संगीता गम्भीर रूपमा घाइते भइन्। घाइते युवतीलाई स्थानीय मानिसहरूले तत्काल कलियाबर नागरिक चिकित्सालयमा भर्ती गराए, तर चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
कामाख्या संरक्षित वन क्षेत्रबाट बाहिरिएका दुई वटा हात्तीमध्ये एउटाले संगीताको भान्सा घरलाई भत्काएर उमाथि हमला गऱ्यो जसले गर्दा उसको मृत्यु भयो।
पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। घटनाको कारणले क्षेत्रमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा