कोलकाता, 13 अगस्त (हि.स.)। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले फेरि एकपटक लोकसभा भंग गरी देशभरि नै मतदाता सूचीको विशेष पुनरीक्षण (स्पेशल इंटेंसिव रिवीजन - एसआईआर) गराउने माग उठाएका छन्। उनले बुधवार सोशल मीडिया मञ्च एक्समा चुनाउ आयोगलाई ट्याग गरी लेखे, यदि मतदाता सूचीमा गड़बड़ी भएको छ भने यस आधारमा चयनित सांसदहरूको पदमा बस्ने कुनै नैतिक अधिकार छैन।
अभिषेकले भने, जुन मतदाता सूचीको आधारमा वर्ष 2024- को लोकसभा चुनाउ भयो, सोही सूचीमा अब गड़बड़ी भएको बताइँदैछ। यदि कुनै मतदाता नक्कली रहेको पाइए उसले दिएको भोट पनि सन्देहस्पद नै छ। त्यसैले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य मन्त्री लगायत भाजपाका 240 जना सांसदहरू अनि तृणमूल, डीएमके, कंग्रेस तथा समाजवादी पार्टीका सांसदहरूले पनि राजीनामा दिनुपर्छ।
उनले चुनाउ आयोगसित स्पष्ट शब्दमा भने, यदि एसआईआर गर्नै छ भने बिहार र बंगाल जस्ता चुनावी राज्यसम्म मात्र सीमित नरहेर सारा देशभरि नै गराइयोस्। अभिषेक अनुसार यसको लागि सबैभन्दा पहिला लोकसभालाई भंग गर्न आवश्यक छ।
अभिषेकले आफ्नो पोस्टमा चुनाउ आयोगलाई तीन चरणको 'क्रोनोलजी' पनि बुझाए-
1. पहिला संसदलाई भंग गरियोस्।
2. त्यसपछि सम्पूर्ण देशमा मतदाता सूचीको विशेष पुनरीक्षण होस्।
3. तब मात्र नयाँ चुनाउ गराइयोस् अनि सबै दलहरू जनता सामु जाउन्।
उनले लेखे, “नैतिकताको माग अनुसार लोकसभालाई तुरून्त भंग गरियोस् अनि एसआईआरलाई देशमा लागू गरियोस्, मात्र केही चयनित राज्यहरूमा होइन।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा