अहिल्याबाई होल्कर त्याग, सेवा औ सुशासनकी प्रतीक हुन्: मुख्यमन्त्री
अहिल्याबाई होल्कर त्याग, सेवा औ सुशासनकी प्रतीक हुन्: मुख्यमन्त्री


गुवाहाटी, 13 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार महान समाज सुधारक औ मालवा साम्राज्यकी शासिका अहिल्याबाई होल्करको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले भने, अहिल्याबाईको जीवन त्याग, सेवा औ सुशासनको उदाहरण हो। उनी नारी शक्तिकी प्रेरणा मात्र नभएर न्यायका उदाहरण पनि थिइन् जसले आफ्नो शासनकालमा जनकल्याण तथा धर्मको संरक्षणलाई सर्वोच्च प्राथमिकता दिइन्।

मुख्यमन्त्रीले भने, अहिल्याबाई होल्करले प्रशासनमा पारदर्शिता, इमानदारी औ निष्पक्षतालाई अप्नाएर शासन व्यवस्थालाई जनोन्मुख बनाइन्। उनले सड़क, घाट, मन्दिर तथा पोखरीहरूको निर्माण गराएर समाजका सबै वर्गका लागि सुविधा सुनिश्चित गरिन्। कठिन परिस्थितिमा पनि उनले धैर्य, साहस औ धर्मनिष्ठा पूर्वक शासन संचालन गरी जसलाई आज पनि आदर्शको रूपमा स्मरण गरिन्छ।

डा. सरमाले भने, उनको जीवन दर्शन तथा कार्यशैली वर्तमान पिंँढ़ीको लागि प्रेरणाश्रोत हो र समाजमा न्याय, समानता तथा सेवा भावलाई स्थापना गर्ने प्रेरणा दिन्छ। उनले भने, अहिल्याबाई होल्करको योगदान भारतीय इतिहासमा स्वर्ण अक्षरहरूमा अंकित छ र उनको स्मृति सदैव अमर रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande