कुलगाममा आतंकवाद-रोधी अभियान 13औं दिन पनि जारी
कुलगाममा आतंकवाद-रोधी अभियान 13औं दिन पनि जारी


श्रीनगर, 13 अगस्त (हि.स.)। जम्मू-कश्मीरको कुलगाम जिल्लास्थित अखल जंगलमा बुधवार 13औं दिन पनि आतंकवादीहरूलाई मार्नका लागि सुरक्षा बलहरूको अभियान जारी छ। सुरक्षा बलहरूले आतंकवादीहरूको ठेगानाको घेराबन्दीलाई अझ बलियो बनाइरहेका छन् ताकि आतंकवादीहरू घटना जंगल तथा तीव्र रूपमा गोली चलाएर घटनास्थलबाट भाग्न नसकुन्। अधिकारीहरूले बताए, यो उपत्यामा भएको सबैभन्दा लामो आतंकवाद-रोधी अभियानहरूमध्ये एक हो। अहिलेसम्ममा यस अभियानको क्रममा सेनाका दुईजना जवानहरू शहीद भइसकेका छन् भने नौजना घाइते भएका छन्। यस अभियानको शुरूमा दुईजना आतंकवादीहरूलाई मारिएको थियो।

अधिकारीहरूले बताए, यस जंगली क्षेत्रका तीन वटा स्थानमा आठजना आतंकवादीहरू लुकेका छन् जसले दिउँसो गोली नचलाए पनि राती भाग्नको लागि द्रूत गतिमा गोली चलाइरहेका छन्। अखलको यो जंगल औधी घना साथै धेरैवटा प्राकृतिक गुफाहरू छन् जहाँ आतंकवादीहरू लुकेर बसेका छन्।

सुरक्षाबलले जंगलभित्र आतंकवादीहरूको बारेमा पत्तो लगाउनको लागि ड्रोन तथा हेलिकप्टर प्रयोग गरिरहेको छ। प्यारा कमाण्डोले पनि लुकेका आतंकवादीहरूलाई मार्नका लागि सुरक्षा बलहरूलाई सहयोग गरिरहेको छ।

अधिकारीहरूले बताए, जम्मू-कश्मीर पुलिस प्रमुख नलिन प्रभात तथा उत्तरी कमाण्डर लेफ्टिनेन्ट जनरल प्रतीक शर्मा सहित वरिष्ठ पुलिस अनि सेनाका अधिकारीहरूले चौबिसै घण्टा अभिानमाथि कड़ा नजर राखिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande