कोलकाता, 13 अगस्त (हि.स.)। जन्माष्टमीपूर्व बुधवार दिघाको जगन्नाथ मन्दिरमाथि सूर्यका चारैतिर अद्भुत आभामण्डल देखियो। यस दृश्यले श्रद्धालहरूलाई मात्र रोमाञ्चित गरेन जबकि सोशल मीडियामा पनि तस्वीरहरू भाइरल भइरहेका छन्।
बुधवार बिहान लगभग 11:30 बजे मन्दिरमाथि सूर्यलाई बीचमा घेरिएको एक विशाल प्रकाशवृत्त देखियो जसलाई श्रद्धालुहरूले भगवान जगन्नाथको आशीर्वाद माने। मन्दिर परिसरमा यस अनौठो दृश्यलाई हेर्नका लागि भीड़ उर्लियो। मानिसहरूले आफ्नो क्यामरामा यस पललाई कैद गरे अनि ‘जय जगन्नाथ’- को उद्घोष पनि गरेको सुनियो।
मुख्यमन्त्री ममता ब्यनर्जीले पनि फेसबुकमा यस दुर्लभ दृश्यको तस्वीरलाई साझा गर्दै लेखिन्, “दिघाको जगन्नाथधाममा प्रभु श्रीकृष्णको आगमनको सन्देश लिएर आएको यो इन्द्रधनुषी आभामण्डल।” उल्लेखनीय छ, जन्माष्टमी 16 अगस्तमा छ।
खगोल विज्ञान विशेषज्ञ देवीप्रसाद दुआरीले बताए, यस्तो दृश्य सामान्यतः त्यसबेला बन्छ जतिबेला आकाशको उच्चतामा अवस्थित बादलमा हिउँको क्रिस्टल हुन्छ। सूर्यका किरणहरू यी क्रिस्टलहरूबाट गुज्रिँदा 22 डिग्रीमा अपवर्तित हुन्छ अनि सूर्यको चारैतिर प्रकाशवृत्त बन्दछ।
भूगोल विषयका लेखक औ पश्चिम मेदिनीपुरको गोदापियाशाल एमजीएम हाई स्कूलका शिक्षक मणिकाञ्चन रायले भने, यस्तो आभामण्डल आम रूपमा सेतो र हल्का रंगको हु्न्छ, तर कहिले-काहीँ यसमा इन्द्रधनुषी आभा पनि देखिन्छ।
यो दृश्य पश्चिम मेदिनीपुरको दांतन क्षेत्रमा पनि देखियो। तथापि दिघाको जगन्नाथ मन्दिर माथि यो आभामण्डल देखिनसाथ श्रद्धालु तथा पर्यटकहरूमा व्यापक उत्साह देखियो। यसलाई मानिसहरूले ‘ईश्वर को कृपा’ बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा