अभिनेत्री बासन्ती च्यटर्जीको निधन, ममताद्वारा शोक व्यक्त
अभिनेत्री बासन्ती च्यटर्जीको निधन, ममताद्वारा शोक व्यक्त


कोलकाता, 13 अगस्त (हि.स.)। बंगाली सिनेमा, टेलीभिजन औ रंगमञ्चकी चर्चित अभिनेत्री बासन्ती च्यटर्जीको कोलकातास्थित आवासमा निधन भयो। गए मंगलवार राती उनले अन्तिम सास लिइन्। 88 वर्षीय च्यटर्जी लामो समयदेखिकै क्यान्सरसित जुझिरहेकी थिइन्। जीवनको अन्तिम दिनमा उनलाई अस्पतालदेखि लगेर घरमै निगरानीमा राखिएको थियो। मुख्यमन्त्री ममता ब्यनर्जीले बुधवार उनको निधनमा शोक व्यक्त गरेकी छन्।

बासन्ती च्यटर्जीको फिल्मी यात्रा पाँच दशकभन्दा अधिक समयसम्म चल्यो। उनले सयभन्दा अधिक फिल्म तथा केही लोकप्रिय धारावाहिकहरूमा अभिनय गरेकी छन्। उनले उत्तम कुमार, प्रसेनजित च्यटर्जी औ ऋतुपर्णा सेनगुप्ता जस्ता दिग्गज कलाकारहरूसित काम गरिसकेकी छन् भने 'ठगिनी मंजरी ओपेरा' औ 'आलो' जस्ता फिल्महरूमा स्मरणीय भूमिका निभाएकी छन्।

टेलीभिजनको दुनियाँमा पनि उनी एकजना परिचित नाम थिइन्। 'भूतू', 'बरोन' औ 'दुर्गा दुर्गेश्वरी' जस्ता सीरियलहरूमा उनको अभिनयले उनलाई घर-घरमा लोकप्रिय बनायो। फिल्म तथा धारावाहिकहरूभन्दा अगाड़ि उनी रंगमञ्चकी चर्चित कलाकार थिइन् तथा आफ्नो दमदार मञ्चीय अभिनयको लागि चिनिन्थ्यो। अन्तिम स्क्रीन उपस्थिति सीरियल 'गीता एलएलबी'- मा रह्यो जहाँ शुटिंग अवधि उनको स्वास्थ्य बिग्रियो, तर उनले अभिनयप्रति आफ्नो प्रतिबद्धतालाई कायम राखिन्।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले उनको निधनमा गहिरो शोक व्यक्त गरिन्। उनले बुधवार एक्स (पूर्व ट्विटर)-मा लाखिन्, “वरिष्ठ टीभी अभिनेत्री बसन्ती चट्टोपाध्यायको निधनबाट मलाई गहिरो दुःख लागेको छ। यो कला तथा मनोरञ्जनको दुनियाँको लागि अपूरणीय क्षति हो। म उनको परिवार, मित्र तथा प्रशंसकहरूप्रति सम्वेदना व्यक्त गर्दछु।”

अभिनेता भास्वर च्यटर्जीले बताए, शारीरिक अस्वस्थ्यता रहे पनि अभिनयप्रति उनको समर्पण कहिल्यै कम भएन। बंगाली मनोरञ्जन जगतले उनलाई उनको अद्वितीय अभिनय कौशलको लागि मात्र स्मरण गर्नेछैन जबकि उनको विनम्र स्वभाव, आत्मीयता औ कलाप्रति आजीवन समर्पण नवोदित कलाकारहरूको लागि प्रेरणा बन्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande