गुवाहाटी, 13 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रख्यात साहित्यकार डा. भवेन्द्रनाथ सैकियाको पुण्यतिथिमा उनको साहित्यिक योगदान, चिन्तन औ असमको समाज, संस्कृति एवं शिक्षा क्षेत्रमा उनले पुऱ्याएको अमूल्य उपहारप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले भने, सैकियाका विचारहरूको गहिराई औ सुक्ष्म सम्वेदनालाई सृजनात्मक रूपमा पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो। उनले बताए, आज उनको पुण्यतिथिमा कृत्रिम बुद्धिमत्ता (एआई)- को माध्यमबाट दिवंगत सैकियालाई चित्रित गर्ने प्रयास गरियो। मुख्यमन्त्रीले सैकियालाई सादर नमन् गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा