—घाइतेहरूलाई हतार-हतार अस्पतालमा लगियो, अस्पतालमा पुगेका अधिकारीहरूले घाइतेहरूको स्थितिको जानकारी लिए
वाराणसी/जौनपुर, 13 अगस्त (हि.स.)। उत्तर प्रदेशको जौनपुर जिल्ला अन्तर्गत खेतासराय थाना क्षेत्रस्थित गुरैनीमा गए मंगलवार अबेर राती भएको भयानक सड़क दुर्घटना परी चारजना मानिसहरूको पीड़ादायी मृत्यु भयो भने 12भन्दा अधिक यात्रीहरू गम्भीर रूपमा घाइते भए। यो दुर्घटना त्यसबेला भयो जतिबेला शाहगञ्ज तर्फ गइरहेको यात्रीहरूले भरिएको रोडवेज बस खेतासरायको गुरैनी बजार नजिक विपरीत दिशाबाट आइरहेको द्रूत गतिको ट्रकसित ठोक्कियो। ठक्कर भयानक थियो जसले गर्दा दुवै वाहन क्षतिग्रस्त भयो। सूचना पाउनसाथ पुलिस तथा प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगे।
घाइतेहरूलाई तत्काल एम्बुलेन्सको माध्यमबाट नजिकैको अस्पतालमा लगियो भने गम्भीर रूपमा घाइतेहरूलाई उन्नत उपचारको निम्ति जिल्ला अस्पतालमा रेफर गरियो। जिल्ला अस्पतालमा डाक्टरहरूले चारजना यात्रीहरूलाई मृत घोषित गरिदिए जसमा दुई वर्षीय अबोध बालक, दुई जना महिला तथा एक जना पुरूष सामे छन्। मृतकहरूमा दुई जनाको पहिचान भइसकेको छ जसमा अन्य दुईवटा शवहरूको पहिचान गर्ने प्रयास जारी छ।
जाँचमा बस चालकले लापरवाही गरेको पत्तो लागेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा