तामुलपुर (असम), 13 अगस्त (हि.स.)। तामुलपुर जिल्ला प्रशासन र तामुलपुर नगरपालिकाको सौजन्यमा देशको 79औं स्वतन्त्रता दिवसलाई मध्यनजर गर्दै आज जिल्ला मुख्यालयमा स्वच्छता कार्यक्रम आयोजना गरियो।
जिल्ला आयुक्त पंकज चक्रवर्तीको नेतृत्वमा जिल्ला मुख्यालय शहरका बजार चौक, घोग्रा चौक, खण्ड विकास कार्यालय आदि समेत विभिन्न स्थानहरूमा स्वच्छता अभियान संचालन गरियो जसमा पुलिस अधीक्षक दिगंत कुमार चौधरी, केही अतिरिक्त आयुक्त, राजस्व मण्डलका अतिरिक्त उपायुक्त, नगरपालिक प्रमुख औ विभिन्न विभागीय अधिकारी तथा कर्मचारीहरूले भाग लिए।
जिल्ला आयुक्तले स्वच्छता अभियानको नेतृत्व गर्दै जिल्लाको प्रत्येक विभागको कार्यालय परिसरलाई सफा राख्न तथा उनीहरू गएको ठाउँको वातावरणलाई स्वच्छ राख्ने आग्रह गरे। साथै उनले फालिने वस्तुहरूलाई जता-ततै नफाल्ने अपील पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा