हुगली, 13 अगस्त (हि.स.)। बीरभूम जिल्ला प्रशासनले गए मंगलवार अबेर राति जिल्ला म्याजिस्ट्रेट बिधान रायको नेतृत्वमा नानूरको पालितपुर प्रतापपुर चौक क्षेत्रमा अवैध खनन विरूद्ध एक अभियान संचालन गऱ्यो। आरोप छ, अजय ब्रिज (लोचनदास ब्रिज) संलग्न नोतुनहाट क्षेत्रमा अजय नदीको तटबन्धलाई काटेर तथा सक्शन पाइपको प्रयोग गरी बालुवा निकालिँदैथ्यो। अभियानको क्रममा 15 वटा भन्दा अधिक डम्पर, 4 वटा खनन मशिन तथा नौकामा रहेको 2 वटा सक्शन मशिनलाई जफत गरियो।
आरोप छ, लामो समयदेखिकै अजय नदीमा यस प्रकारको अवैध बालुवा खनन हुँदै आइरहेको भए पनि नानूर थाना वा ब्लक प्रशासनद्वारा कुनै कारबाही गरिएको थिएन। यसबीच जिल्ला म्याजिस्ट्रेटले गए मंगलवार राति स्वयं अपरेशन संचालन गर्ने फसेला लिए जसमा उनी सफल पनि भए।
प्रशासनिक सूत्र अनुसार जिल्ला म्याजिस्ट्रेटले यस घटनाको निगरानीमा घोर लापरवाही गरेकोमा नानूरका बीडीओ लगायत सम्बन्धित थानाका ओसी तथा बीएल एण्ड एलआरओलाई हप्काए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा