मुख्य सचिवलाई दिल्ली डाकिएकोमा दिलीप घोषले ममता सरकारलाई घेरे
मुख्य सचिवलाई दिल्ली डाकिएकोमा दिलीप घोषले ममता सरकारलाई घेरे


कोलकाता, 13 अगस्त (हि.स.)। राज्यको तृणमूल कंग्रेस सरकारले नक्कली मतदाता बनाइरहेको छ। केही बंगलादेशी कामगारहरू देशभरि नै फलिएका छन् जसले नक्कली दस्तावेजको आधारमा भारतीय पहिचान पत्र बनाएका छन्। वरिष्ठ भाजपा नेता दिलीप घोषको मान्यता छ, उनीहरू बंगलादेशी हुन् वा बंगला भाषी, जाँच गर्ने कुरा हो। बुधवार पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले एसआईआर मुद्दामा बंगालको सत्तासिन पार्टीमाथि लक्षित गरे।

बिहारपछि बंगालमा पनि एसआईआर लागू हुने अड़कहरू तीव्र भएको छ। राष्ट्रिय चुनाउ आयोग (ईसीआई)-ले पहिला नै बंगालमा केही पश्चिम बंगाल सिभिल सेवा अधिकारीहरूविरूद्ध कारबाही गर्ने भनिसकेको छ। तथापि नवान्नले यसलाई स्वीकार गरेको छैन। उसले भिन्नै कदम उठाएको छ। परिणामस्वरूप राज्यका मुख्य सचिव मनोज पन्तलाई दिल्लीमा बोलाइएको छ। उनी समनको जवाफ दिनको लागि बुधवार बिहान दिल्ली प्रस्थान भएका छन्।

घोषले यस मुद्दामा भने, पश्चिम बंगालको मतदाता सूचीमा भएको सबै गड़बड़ी यहाँका कर्मचारीहरूले गरेका हुन्। उनीहरूले सरकारको इशारामा काम गर्दछन् भने उनीहरूका संरक्षक मुख्य सचिव हुन्। त्यसैले उनले सबै प्रश्नहरूको जवाफ दिनुपर्छ। यस सन्दर्भमा घोषले चेताउनी दिए, मामिला मुख्य सचिवसम्म पुगिसकेको छ र भविष्यमा यो मुख्यमन्त्रीसम्म पनि पुग्नसक्छ।

प्रवासी बंगालीहरूको कथित उत्पीड़नको मुद्दामा दिलीपले स्पष्ट रूपमा भने, पहिला यो बुझ्न आवश्यक छ कि उनीहरू वास्तवमै बंगाली हुन् वा बंगलादेशी। भारतभरि नै लाखौं श्रमिकहरू छन् जो बंगलादेशबाट आएका हुन् जसले नक्कली पहिचान पत्र बनाएर काम गरिरहेका छन्। यो समस्या बंगालमा सबैभन्दा अधिक छ र यसको लागि तृणमूल कंग्रेस सरकार जिम्मेवार छ। उसैले नक्कली मतदाताहरू बनाएर फैलाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande