‘हर घर तिरंगा’ अभियानले एकता एवं राष्ट्रभक्तिलाई सशक्त बनाइरहेको छ: आशिष सुद
‘हर घर तिरंगा’ अभियानले एकता एवं राष्ट्रभक्तिलाई सशक्त बनाइरहेको छ: आशिष सुद


नयाँ दिल्ली, 13 अगस्त (हि.स.)। दिल्लीका शिक्षामन्त्री आशिष सुदले बुधवार ‘हर घर तिरंगा’ अभियान अन्तर्गत आफ्नो आवासमा तिरंगा फहराए। उनले सोशल मीडिया एक्समा पोस्ट गरेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा यो अभियानले देशभरि नै एकता तथा राष्ट्रभक्तिको भावनालाई सशक्त बनाइरहेको छ। स्वतन्त्रता सेनानीहरूको संघर्ष अनि त्यागबाट साकार भएको भारत अब 140 करोड़ देशवासीहरूको संकल्प तथा प्रतिबद्धताबाट अझ बढ़ी प्रगतिशील र सशक्त बनिरहेको छ।

शिक्षामन्त्रीले सबैसित यस अभियानमा भाग लिएर आफ्नो घरमा तिरंगा फहराउने तथा देशभक्तिको सन्देश फैलाउने आग्रह गरे।

यसपूर्व शिक्षामन्त्रीले जनकपुरी विधानसभामा ‘हर घर तिरंगा’ अभियान अन्तर्गत निकालिएको तिरंगा यात्रामा भाजपा सांसद कमलजीत सहरावतसित सामेल भए। देशभक्तिको रंगमा रंगिएको यस यात्रामा धार्मिक संस्था, मार्केट एसोसिएशन तथा हजारौं विद्यार्थीहरूले भाग लिए फलस्वरूप जन-जनमा तिरंगाको सन्देश गुञ्जियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande