कोलकाता, 13 अगस्त (हि.स.)। राज्यका पूर्व शिक्षा मन्त्री पार्थ च्यटर्जीले भर्ती भ्रष्टाचारसित सम्बन्धित सीबीआईको एक मामिलामा जमानतको लागि कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाएका थिए। बुधवार उच्च अदालतकी न्यायमूर्ति शुभ्रा घोषको पीठमा यस मामिलाको सुनवाई हुनुथ्यो, तर यसलाई स्थगित गरियो। सुनवाईको आरम्भमा सीबीआईले अदालतसित थप समय दिने अनुरोध गऱ्यो जसलाई न्यायमूर्ति घोषले स्वीगार गरिन्।
प्राथमिक शिक्षक भर्ती भ्रष्टाचार मामिलामा प्रवर्तन निदेशालय (ईडी)-ले वर्ष 2022- मेा पार्थलाई पक्राउ गरेको थियो। पछि पूर्व शिक्षामन्त्रीमाथि ग्रुप सी तथा ग्रुप डी सहित केही भर्ती भ्रष्टाचारको मामिलामा सामेल रहेको आरोप लाग्यो। त्यसपछि ईडीसँगसँगै सीबीआईले पनि यस मामिलाको जाँच शुरू गऱ्यो। सीबीआईले पनि पार्थलाई पक्राउ गऱ्यो जतिबेला उनी जेलमा थिए। सीबीआईले आरोप लगायो, पार्थ केही भ्रष्टाचारका मामिलाहरूमा सामेल छन्। पार्थले यस्तै एक मामिलामा जमानतको लागि उच्च न्यायालमा उजुरी गरेका थिए।
केन्द्र सरकारका अतिरिक्त सलिसिटर जनरल बुधवार न्यायमूर्ति शुभ्रा घोषको अदालतमा पेश हुन सकेनन्। त्यसैले सीबीआईले न्यायधीशसित थप समय माग्यो। न्यायमूर्ति घोषले भनिन्, सीबीआईको अनुरोधमा सुनवाई स्थगित गरिएको छ। अदालतले भन्यो, मामिलाको अघिल्लो सुनवाई आगामी एक सेप्टेम्बरमा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा