सिलगढ़ी, 13 अगस्त (हि.स.)। घना वर्षा अनि कटाउको कारण राष्ट्रिय राजमार्ग-10 लाई आगामी 15 अगस्तसम्मको लागि बन्द गरिदिएको छ। 15 अगस्तपछि पनि राष्ट्रिय राजमार्ग-10 मा यातायात हुन्छ वा हुँदैन, यसमाथि नयाँ शंका उत्पन्न भएको छ किनभने बुधवार 29 माइलमा राष्ट्रिय राजमार्गको एक भाग टिस्टा नदीमा समाहित भएको छ।
भनिन्छ, बितेको रातीदेखि नै भइरहेको अविरल वर्षाको कारणले सड़क टिस्टामा समाहित भएको छ। नयाँ सड़क बनाउनको लागि पहाड़लाई फेरि काट्नुपर्छ। यस काममा धेरै दिन लाग्नसक्छ। त्यसैले स्वतन्त्रता दिवसको रातिसम्ममा सड़क खोलिने कुरामा शंका छ।
उल्लेखनीय छ, लिकुभीरमा पैह्रो गएको कारणले राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेड (एनएचआईडीसीएल)-ले गए मंगलवार राती 8 बजेदेखि आगामी 15 अगस्तको साँझ 6 बजीसम्म सड़कलाई बन्द राख्ने फसेला गरेको छ। यसबीच फेरि 29 माइलमा राष्ट्रिय राजमार्गको एक भाग टिस्टामा बगेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा