आग्नेयास्त्र सहित कुख्यात अपराधी पक्राउ
आग्नेयास्त्र सहित कुख्यात अपराधी पक्राउ


सिलगढ़ी, 13 अगस्त (हि.स.)। एनजेपी थानाकोपुलिसले एकजना कुख्यात अपराधीलाई आग्नेयास्त्र सहित पक्राउ गरेको छ। पक्रा पर्ने एपराधीको नाम सूर्य राय हो। पुलिसले आरोपीबाट एउटा देशी पेस्तोल जफत गरेको छ।

सूत्र अनुसार आरोपी सूर्या कुनै ठूलो घटनालाई परिणाम दिने दाउमा अबेर राति एनजेपी थाना संलग्न बजार क्षेत्रमा देशी पेस्तोल लिएर घुमिरहेको थियो जसको सूचना पाउनसाथ एनजेपी थानाको पुलिसले अभियान चलाएर आरोपीलाई समात्यो। उसको जाँच गर्दा एउटा देशी पेस्तोल र एउटा जिउँदो कारतूस जफत गरियो। त्यसपछि आरोपीलाई पक्राउ गरियो। आरोपीमाथि सिलगढ़ी सहित अन्य कतिपय थानाहरूमा आपराधिक मामिला दर्ता छ। एनजेपी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande