इमरजेन्सीमा रोगीहरूले बेड पाएनन्, बेड बोकेरै सदर अस्पतालमा पुगे जिल्ला परिषद सदस्य
इमरजेन्सीमा रोगीहरूले बेड पाएनन्, बेड बोकेरै सदर अस्पतालमा पुगे जिल्ला परिषद सदस्य


पश्चिम सिंहभूम, 13 अगस्त (हि.स.)। पश्चिम सिंहभूम जिल्लास्थित सदर अस्पतालको स्वास्थ्य व्यवस्था एक पटक फेरि प्रश्नहरूमा घेरिएको छ। गए मंगलवार अबेर राती मञ्झारी प्रखण्डका जिल्ला परिषद सदस्य माधव चन्द्र कुंकल स्वयं बेद लिएर अस्पतालको इमरजेन्सी वार्डमा पुगे।

वास्तवमा सदर प्रखण्डको टेकराहातु गाउँ निवासी 70 वर्षीय मोरन पूर्तिलाई गम्बीर अवस्थामा उपचारको लागि सदर अस्पतालमा ल्याइएको थियो, तर इमरजेन्सी वार्डमा एउटै पनि बेड खाली थिएन। रोगीहरूलाई स्ट्रेचरमा राखेर उपचार गरिँदैथ्यो। यसको जानकारी पाउनसाथ जिल्ला परिषद सदस्य कुंकल आफ्नो घरबाट खाट लिएर अस्पतालमा पुगे अनि बरण्डामा राखिएको स्ट्रेचरबाट रोगीलाई हटाएर खाटमा सुताए।

घटनास्थलमा उपस्थित मानिसहरूले बताए, अस्पतालमा बेडको अभावमा रोगीहरूलाई धेरै समस्या भइरहेको छ। जिल्ला परिषद सदस्यले रोष व्यक्त गर्दै भने, राज्यको स्वास्थ्य व्यवस्थाको स्थिति अत्यन्त चिन्ताजनक छ। गरीब रोगीहरूलाई उपचारको लागि पर्याप्त सुविधासम्म प्राप्त भइरहेको छैन। धनी मानिसहरूले ठूलाठूला शहरहरूमा उपचार गराउँछन्, तर ग्रामीण र पछौटे क्षेत्रका मानिसहरू पूर्ण रूपमा सरकारी व्यवस्थामाथि निर्भर छन्।अस्पतालमा बेड समेत नभएपछि उपचार कसरी हुन्छ?

यस सम्बन्धमा सिभिल सर्जनसित सम्पर्क गर्ने चेष्टा गरियो, तर सम्पर्क हुन सकेन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande