-रेलवे स्टेशनको प्लेटफर्म, प्रतीक्षालय, आरक्षण काउन्टर, पार्किंग स्थल तथा रेलवे ट्र्याकको गहन जाँच
कोकराझार (असम), 13 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसको अवसरमा सुरक्षालाई मध्यनजर गर्दै रेलवे सुरक्षा बल (आरपीएफ) तथा जीआरपीको पक्षबाट रेलवे ट्र्याक, स्टेशन परिसर तथा ट्रेनहरूमा विशेष खोजी अभियान संचालन गरिँदैछ। अभियान अवधि कोकराझार रेलवे सुरक्षा बलका निरीक्षक विनोद कुमार यादवको निर्देशमा आरपीएफ र जीआरपीएफका आईसी विजय कुमार सिंहको नेतृत्वमा जीआरपीको संयुक्त दलले स्टेशनका सबै प्लेटफर्म, प्रतीक्षालय, आरक्षण काउन्टर, पार्किंग स्थल तथा रेलवे ट्र्याक आदिको गहन जाँच गरिरहेको छ।
यात्रीहरूको सामान तथा संदिग्ध वस्तुहरूको गहन जाँच गरिँदैछ साथै सुरक्षा उपकरणहरूको सहयोगले ट्रेनका कोचहरूको जाँच पनि गरिँदैछ। अधिकारीहरूले बताए, यस अभियानको उदेश्य कुनै पनि प्रकारको असामाजिक गतिविधि वा सम्भावित खतरालाई अगावै रोक्नु हो ताकि निश्चित भएर यात्रा गर्न सकियोस्।
रेलवे सुरक्षा बलका निरीक्षक यादवले मानिसहरूलाई सतर्क रहने अपील गर्दै भने, कुनै पनि प्रकारको संदिग्ध व्यक्ति वा वस्तुको सूचना तुरून्तै रेलवे पुलिसलाई दिइयोस्। सुरक्षा बलहरूले आश्वासन दिए, स्वतन्त्रता दिवसलाई केन्द्र गरेर रेलवे परिसरमा सतर्कता तथा गस्तीलाई अझ कड़ा बनाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा