हाम्रो गाउँ, हाम्रो समाधान शिविरको परिवहन मन्त्रीले गरे उद्घाटन
हाम्रो गाउँ, हाम्रो समाधान शिविरको परिवहन मन्त्रीले गरे उद्घाटन


सिलगढ़ी, 13 अगस्त (हि. स.)। राज्य सरकारले मानिसहरूको सिकायत तथा समस्यालाई सोझै उनीहरूको ढोकामा सुल्झाउने ध्येय लिएर नयाँ जनोन्मुखी कार्यक्रम 'हाम्रो गाउँ, हाम्रो समाधान' नामक शिविर शुरू गरेको छ। यो अभियान गत 2 अगस्तदेखि राज्यका सबै जिल्ला तथा महकुमाहरूमा शुरू भएको छ।

यसै क्रममा बुधवार सिलगढ़ी महकुमाको नक्सलबाड़ीमा पनि सो शिविर आयोजना गरियो जसको उद्घाटन राज्यका परिवहन मन्त्री स्नेहाशिष चक्रवर्तीले गरे। शिविरमा सिलगढ़ी महकुमा परिषदका सभाधिपति अरुण घोष, एसडीओ अवध सिंघल, पञ्चायत समितिका अध्यक्ष आनन्द घोष तथा अन्य जनप्रतिनिधिहरू उपस्थित थिए। शिविरमा पुगेका सातभैया डिभीजन र आजमाबाद चिया बगानका श्रमिकहरूले आ-आफ्नो क्षेत्रको सड़क जीर्णोद्धार, पानी, जल निकासी, सौर ऊर्जा परियोजना सहित केही मागहरूलाई मन्त्री समक्ष राखे।

यस अवधि राज्यका परिवहन मन्त्री स्नेहाशिष चक्रवर्तीले भने, हाम्रो गाउँ, हाम्रो समाधान एक सरकारी कार्यक्रम हो। मुख्यमन्त्रीको यो परियोजना अनौठो छ, कुनै पनि राज्य प्रणालीमा यस्तो परियोजना छैन। यस परियोजना अन्तर्गत मानिसहरूबाट सल्लाह लिइन्छ अनि त्यसको समाधान गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande