कोलकाता, 13 अगस्त (हि.स.)। नोएडाको नक्कली थानाकाण्डमा पक्राउ तृणमूल कंग्रेसको नलहाटी-2 ब्लकका पूर्व अध्यक्ष विभाष अधिकारीको फेरि अर्को ठूलो पोल खोलिएको छ। जाँचमा थाहा लागे अनुसार तिनले नक्कली थाना मात्र नभएर आफ्नो आश्रममा ‘नक्कली अदालत’ पनि संचालन भइरहेको थियो।
विभाष अधिकारीको आश्रम नलहाटीमा छ। पहिला पनि तिनीमाथि आरोप लागिसकेको छ, यस आश्रमलाई ढाल बनाएर तिनले जमीन हड़प्ने धन्दा गरे। अब नोएडा पुलिसलाई विभाषविरूद्ध पुख्ता सबुत प्राप्त भएको छ कि यहीँ नै तिनले विवादहरूलाई सुल्झाउने नाममा ‘सुनवाई’ गर्दथे। यी बैठकहरूमा तिनी नै पुलिस अधिकारी हुन्थे भने जज पनि तिनी नै।
जाँचमा सामु आएको छ, नक्कली विवादलाई सुल्झाउनको लागि तिनले आफ्नो एनजीओ नेशनल ब्यूरो अफ सोशल इन्भेस्टिगेशन एण्ड सोशल जस्टिसको नामबाट मानिसहरूलाई नोटिस पठाउँथे। एनजीओका दस्तावेजहरूमा इन्टरपोलको लोगो र नक्कली थानाको मोहरसम्म लाग्दै आएको थियो। संस्थाको कार्यालय बेलेघाटामा खोलिएको थियो जहाँ पूर्व आईपीएस अधिकारी देवाशीष धरलाई सल्लाहकार बताइएको छ।
पैतृक सम्पत्तिसित सम्बन्धित विवादहरूमा अल्झिएका मानिसहरूलाई आश्रममा बोलाइन्थ्यो। नोटिसमा लेखिन्थ्यो, उपस्थित नभए मामिला दर्ता गराइनेछ। स्थानीय मानिसहरूको आरोप छ, वास्तवमा उदेश्य जमीन हड़प्ने अनि विवाद सुल्झाउने नाममा मोटो रकम असुल गर्नु थियो।
मामिलाको जाँचसित सम्बन्धित एकजना अधिकारीले बुधवार बताए, अनुसन्धानमा अब यो प्रश्न उठिरहेको छ कि अदालत हुँदाहुँदै जमीन विवादलाई सुल्झाउने अधिकार कुनै स्वेच्छासेवी संस्थाले कसरी पायो? नोटिस दिएपछि मानिसहरूलाई संस्थाको कार्यालयको सट्टा आश्रममा किन बोलाइन्थ्यो? जाँच एजेन्सीले अब यस सम्पूर्ण नेटवर्कको हरेक पाटोको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा