सिलगढ़ी, 13 अगस्त (हि.स)। राष्ट्रिय राजमार्ग-10 पछि राष्ट्रिय राजमार्ग -717(ए)-मा पनि नयाँ समस्या उत्पन्न भएको छ। बुधवार बिहान यस राजमार्गमा निर्माणाधिन एउटा पुल भत्कियो। तथापि पुल निर्माणाधिन अवस्थामा थियो, तर सड़क निर्माण कार्य पहिला नै पूरा भइसकेको थियो। यातायात पनि शुरू भइसकेको थियो।
धेरैवटा ठाउँमा पैह्रो गएकोले पहिलाबाटै राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेड (एनएचआईडीसीएल)- को काममाथि प्रश्न उठेको थियो भने अब पुल नै ध्वस्त भएको छ जसले सम्पूर्ण कार्यप्रणाली नै प्रश्नहरूको घेरोभित्र परेको छ। यो सड़कसँगसँगै राष्ट्रिय राजमार्ग-10 को जिम्मेवारी केन्द्रिय सड़क एजेन्सीको हो। फलस्वरूप पहाड़ी क्षेत्रमा काम गर्ने एजेन्सीको अनुभवमाथि पनि प्रश्न उठिरहेको छ।
अर्कोतिर राष्ट्रिय राजमार्ग-10 बन्द भएपछि सिलगढ़ी र सिक्किमबीच यात्रा गर्नेहरूलाई ठूलो समस्याको सामना गर्न परिरहेको छ, किनभने राष्ट्रिय राजमार्ग -717(ए)- मा पनि यातायातलाई रोकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा