धावक अमर सुब्बाले मुम्बईमा '12 घण्टा स्वतन्त्रता दिवस दौड' मा भाग लिने
amar subba


गान्तोक, 13 अगस्त (हि.स.)। म्याराथन म्यान अफ् सिक्किम अमर सुब्बाले आगामी 15 अगस्त स्वतन्त्रता दिवसको अवसरमा मुम्बईको शिवजी पार्कमा आयोजना हुन लागिरहेको '12 घण्टा स्वतन्त्रता दिवस दौड' मा भाग लिइरहेका छन्। उक्त दौडको आयोजना मुम्बई अल्ट्रा ग्रुपले गरिरहेको छ।

धावक सुब्बालाई देशकै एक चर्चित धावक सतिश गुजरनले दौडको लागि निमन्त्रणा गरेका हुन्। उनी देशका एकमात्र यस्ता धावक हुन् जसले 14 पटक साउथ अफिक्रामा आयोजना हुने कमरेड्स म्याराथन पूरा गरेका छन्। उनले प्रतिष्ठित स्पिरिट अफ कमरेड्स अवार्ड पनि प्राप्त गरेका छन्।

धावक सुब्बाले सहनशीलता र करुणाको भावनाका साथ प्रस्तावित जागरुकता एवं स्वतन्त्रता दिवस दौडमा सिक्किमलाई प्रतिनिधित्व गर्दै भाग लिनेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande