घरभित्रै पसेर दुष्कर्म गर्ने चेष्टा गरेको आरोपमा पञ्चायत सदस्यका पति पक्राउ
घरभित्रै पसेर दुष्कर्म गर्ने चेष्टा गरेको आरोपमा पञ्चायत सदस्यका पति पक्राउ


नदिया, 13 अगस्त (हि.स.)। जिल्लाको चापड़ा थाना क्षेत्रमा तृमूल पञ्चायतका पतिलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ।

पीड़िताको दाबी छ, उसको पति कामको सिलसिलामा बाहिर गएका छन्। गए मंगलवार राती तृणमूल नेताले उनको घरमा आएर उसित बलात्कार गर्ने चेष्टा गऱ्यो। महिला तुरून्त चिच्याइन् जसलाई सुनेर छिमेकीहरू दौड़ेर आए अनि तृणमूल नेतालाई समाते। आक्रोशित भीड़ले आरोपी तृणमूल नेतालाई समातेर मरूञ्जेल कुट्यो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले आरोपीलाई उपचारको निम्ति चापड़ा ग्रामीण अस्पतालमा पुऱ्यायो। घटनापछि क्षेत्रमा व्यापक तनाउ फैलिएको छ।

स्थानीय मानिसहरूको भनाइ छ, आरोपीकी पत्नी स्थानीय ग्राम पञ्चायतकी सदस्य पनि हुन्। आरोपीलाई बधवार कृष्णनगर जिल्ला अदालतमा पेश गरियो साथै पीड़िताको गोपनीय बयान दर्ता गरिँदैछ। पुलिसले मामिलाको गहन जाँच गरिरहेको छ। पीड़िताले आरोपीलाई कड़ा सजाय दिने माग गरेकी छे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande