गान्तोक, 13 अगस्त (हि.स.)। सिक्किमको राजभवनमा आज एक राष्ट्रिय समाचार च्यानलद्वारा डायमण्ड्स समिट सीजन-2 आयोजन गरियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए।
कार्यक्रममा राज्यको विकाससॅंग सम्बन्धित विविध विषय र सम्भावनाहरूमाथि चर्चा गरियो। यस क्रममा सोधिएका प्रश्नहरूको जवाफमा राज्यपाल माथुरले सिक्किममा आफ्नो एक वर्षको अनुभव साझा गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको एक्ट इस्ट नीतिलाई विकासको प्रवेशद्वार बताउॅंदै उत्तर पूर्व भारत अब केवल पूर्व दिशा होइन, तर देशको उन्नतिको दिशा बनिसकेको बताए।
राज्यपालले सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य बताउॅंदै भने, 'यहॉंका स्थानीय उत्पादहरू राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा मार्केटिङका लागि सक्षम छन्।' उनले सिक्किमवासीहरूको प्रशंसा गर्दै भने, 'यहॉंका मानिसहरू अत्यन्त अनुशासित छन् र अतिथिहरूका लागि उनीहरूका द्वार सदैव खुल्ला छन्। पर्यावरणप्रति राज्यवासीहरूको प्रेम समस्त देशवासीहरूका लागि प्रेरणास्पद छ।'
राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको भाइब्रेन्ट भिलेज भिजन अन्तर्गत देशको अन्तिम गाउॅंलाई पहिलो गाउॅं मान्दै जुन पहल गरिएको छ, त्यसले सीमान्त क्षेत्रहरूलाई नयॉं दिशा प्रदान गरेको बताए। उनले देशका सीमाहरूमा कठिन परिस्थितिहरूमा सेवा दिइरहेका सैनिकहरूको अटूट समर्पणको पनि सम्मानपूर्वक स्मरण गरे।
यसैगरी, मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको आर्थिक, सामाजिक र सांस्कृतिक विकासलाई लिएर आफ्नो सरकारको भिजन प्रस्तुत गरेका थिए। कार्यक्रममा मन्त्रीगण, विधायकगण, अध्यक्षगण तथा वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए भनी राजभवनले आज विज्ञप्तिमा जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / बिशाल