भयानक सड़क दुर्घटनामा दम्पतिको मृत्यु, किशोरी गम्भीर रूपमा घाइते
भयानक सड़क दुर्घटनामा दम्पतिको मृत्यु, किशोरी गम्भीर रूपमा घाइते


गुवाहाटी, 13 अगस्त (हि.स.)। असमको राजधानीस्थित चक्षुराको 27 नम्बर राष्ट्रिय राजमार्गमा बुधवार बिहान एक भीषण सड़क दुर्घटना भयो। गुवाहाटीदेखि नगाउँ तर्फ गइरहेको मारूति एस-क्रस कार (एएस-01ईटी-2351) अनियन्त्रित भएर डिभाइडरको बीचमा रहेको रूखसित ठोक्कियो। यस दुर्घटनामा कारको अघिल्लो सीटमा बसेका पति-पत्नीको घटनास्थलमै मृत्यु भयो।

प्राप्त जानकारी अनुसार पछिको सीटमा बसेकी एकजना किशोरी गम्भीर रूपमा भइन्। क्षेत्रीय यातायात पुलिसले घटनास्थलमा पुगेर घाइते किशोरीलाई गम्भीर अवस्थामा अस्पतालमा पठाइदियो। पुलिस अनुसार मृत दम्पतिको पहिचान अहिलेसम्म हुन सकेको छैन। घाइते किशोरी उनीहरूकै सन्तान रहेको अनुमान छ।

स्थानीय मानिसहरूले बताए, दुर्घटनास्थल छेउ राष्ट्रिय राजमार्गमा कृत्रिम जलभराउ भएको कारणले हिजोआज सानो-ठूूलो सड़क दुर्घटनाहरू भइरहेका छन्, तर यस दिशामा राष्ट्रिय राजमार्ग प्राधिकरणले अहिलेसम्म कुनै ठोस सुरक्षा कदम उठाएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande