जलपाईगुड़ीमा घना वर्षाको कारणले माटोको घर भत्किएर दिदी-भाइको मृत्यु
जलपाईगुड़ीमा घना वर्षाको कारणले माटोको घर भत्किएर दिदी-भाइको मृत्यु


जलपाईगुड़ी, 13 अगस्त (हि.स.)। उत्तर बंगालमा भइरहेको मुसलधारे वर्षाको कारणले गए मंगलवार राती जलपाईगुड़ी जिल्ला अन्तर्गत राजगञ्ज ब्लकको साहु डांगीको पाघालुपाड़ा क्षेत्रमा घरको माटोको भित्ता भत्किएर घरभित्र सुतिरहेका दिदी-भाइको घटनास्थलमै मृत्यु भयो।

मृतकहरूको पहिचान मधुमिता मोदक (03) र देवायन मोदक (डेढ़ वर्ष)- को रूपमा भएको छ। दुवैजना आफ्ना माता-पितासित टिनको छानो भएको माटोको घरभित्र सुतिरहेका थिए। अचानक भित्ता भत्किएर झऱ्यो जसको अवशेषभित्र दुवै दिदी-भाइ पुरिए। तीव्र वर्षाबीच राती अँध्यारोमा स्थानीय मानिसहरूले अवशेषहरूलाई हटाेर उनीहरूलाई बाहिर निकाले, तर त्यसबेलासम्ममा उनीहरूको मृत्यु भइसकेको थियो।

जलगाईगुड़ी जिल्लामा बितेका केही दिनदेखिको लगातार वर्षा भइरहेको छ। मौसम विभागले यहाँ रेड अलर्ट जारी गरेको थियो। बितेको मंगलवार पनि दिनभरि पानी परिरह्यो जसले गर्दा जमीन नरम भएर यस्तो दुर्घटना भयो। घटना बारे जानकारी पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande