मुर्शिदाबाद, 13 अगस्त (हि. स.)। जिल्लामा भइरहेको घटना वर्षाको कारणले जुट किसानहरूको मुहारमा मुस्कान छाएको छ। गत जनवरी महिनादेखि अगस्तसम्म सामान्य वर्षा 796 मिलीमीटर हुनुपर्छ, तर यस वर्ष 803 मिलीमीटर वर्षा भएको छ जसले गर्दा मुर्शिदाबाद जिल्लाका ठाउं-ठाउँमा पानी जमिएको छ। फलस्वरूप किसानहरूको लागि जुट बेच्नु सहज भएको छ।
यस अतिरिक्त शुरूआती मौसममा जुटको मूल्य पनि राम्रै छ। यदि किसानहरूले चाँड़ै जुट किनेर त्यसलाई बजारमा बिक्री गऱ्यो भने त्यसबाट मुनाफा राम्रो हुनेछ। पछिल्ला वर्षाहरूमा जुटलाई बचाउनको लागि किसानहरूलाई पानी किनेर तलाउमा भर्न परेको थियो।े लगातार तीन वर्षसम्म कम वर्षा भएको कारणले जिल्लाका जुट किसानहरूको अवस्था दयनीय भएको छ। तर यसपालि स्थिति फेरिनाले उनीहरूले आशाको किरण देखिरहेका छन्।
जिल्लाका एकजना कृषि अधिकारीले बताए, मुर्शिदाबाद जिल्लामा 75-80 प्रतिशत जुटको कटाई भइसकेको छ। घना वर्षालाई मध्यनजर गर्दै किसानहरू चाँड़ै जुटको कटाईमा लागिपरेका छन्। कतिपय जुटको खेतमा पानी भरिएको कारणले फसल कटाईमा केही ढिल्याई भइरहेको छ। यद्यपि वर्षाको दरलाई हेर्दा कुनै पनि ठाउँमा जुटलाई सड़ाउनको लागि पानीको अभाव हुनेछैन।
हरिहरपाराका जुट किसान फारूक शेखले भने, हामीले लगातार तीन वर्षदेखिको जुटलाई सड़ाउनको लागि पानी किनेर तलाउमा लगाइरहेका थियौं। तर यसपालि स्थिति त्यस्तो छैन। जुटको खोतीमा पैसा खर्च गरेपछि जुटलाई सड़ाउनको लागि फेरि पानी किन्नु लाभदायी हुँदैन। यसपालि पर्याप्त वर्षा भएको छ, त्यसैले पानीको कुनै समस्या हुनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा