जीन्द- बिहे गर्ने भनेर महिलाको यौन शोषण
जीन्द- बिहे गर्ने भनेर महिलाको यौन शोषण


जीन्द, 13 अगस्त (हि.स.)। सदर थाना नरवाना पुलिसले बिहेको सपना देखाएर महिलाको यौन शोषण गरेको तथा घरमा पस्न नदिएकोमा आरोपी विरूद्ध यौन शोषण गरेको समेत विभिन्न भारतीय न्याय संहिता अन्तर्गत मामिला दर्ता गरेको छ।

मंगलवार उचाना थाना क्षेत्र गाउँकी एक महिलाले पुलिसलाई दिएको शिकायतमा बताइन्, उसको भिवानी जिल्लामा बिहे भएको थियो। अक्टोबर 2024 मा उसको पतिसित सम्बन्ध विच्छेद भयो। तबदेखि उ गाउँ दनौदा कला निवासी सुखबीरको साथ बसिरहेकी थिइ। सुखबीरले उसलाई बिहेको सपना देखाएर उसको साथ सम्बन्धी स्थापित गऱ्यो र उसको यौन शोषण गर्नु शुरू गऱ्यो। जब उसले सुखबीरमाथि बिहेको निम्ति दबाउ दिइन्थिन् तब आरोपीले कुनै न कुनै बहाना बनाउनेगर्थ्यो।

गत 11 अगस्तमा महिला दवाई लिन बाहिर गएकी थिइ। जब उ सुखबीरको घर फर्की आरोपीले उसलाई घरमा पस्न दिएन औं दैलो बन्द गऱ्यो। आरोपीले उसलाई नराम्रो परिणाम भोग्ने धम्की पनि दियो। सदर थाना नरवाना पुलिसले महिलाको शिकायतमा सुखबीर विरूद्ध मामिला दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande