गान्तोक, 13 अगस्त (हि.स.)। विद्या भारती सिक्किमले आफ्ना विद्यालयहरूमा विद्यार्थीहरूको समग्र विकासलाई ध्यानमा राख्दै गुणात्मक र संस्कारित शिक्षाका साथै खेलकुदलाई पनि उच्च प्राथमिकता दिइरहेको छ। यस क्रममा विद्या भारती अन्तर्गत विभिन्न सरस्वती विद्या निकेतनका विद्यार्थीहरूले हालैमा सम्पन्न अन्तर विद्यालय चेस प्रतियोगितामा भाग लिॅंदै उत्कृष्ट प्रदर्शन गरेर विद्यालयका नाम उज्जवल गरेका छन्।
गत 7, 8 र 9 अगस्तका दिन राजधानीमा आयोजित चेस प्रतियोगितामा विद्या भारतीका तीन जना विद्यार्थीले भाग लिएको जानकारी संगठनका संयोजक मोहन शर्माले दिएका छन्। विद्यार्थीहरूले प्रतियोगितामा असाधारण कौशल र दृढ़ संकल्प प्रस्तुत गरे। प्रतियोगिता अन्तर्गत अण्डर-12 कन्या वर्गमा प्रकाशिनी मिश्रा च्याम्पियन बनिन्। उनी कक्षा सातौंमा अध्ययनरत छिन्।
यसरी नै कक्षा सातौंमा अध्ययनरत तान्या कुमारी सोही वर्गमा दोस्रो भइन्। विद्यालय प्रबन्धन समिति र संकाय सदस्यहरूले विद्यार्थीहरूलाई बधाई दिएका छन्। विद्यार्थीहरूले यो उपलब्धि विद्यालयकी चेस प्रशिक्षक पुष्पा गुरुङको समर्पित मार्गदर्शन र प्रयासबाट हासिल गर्न सफल बनेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल