जीन्द, 13 अगस्त (हि.स.)। नरवाना खण्डको गढ़ी थाना क्षेत्रमा एक महिलाको साथ छेड़छाड़ गरेको र दुष्कर्मको प्रयास गरेकोमा एक युवक विरूद्ध मामिला दर्ता गरिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ। गढ़ी थाना क्षेत्रकी एक महिलाले पुलिसलाई दिएको शिकायतमा बताइन्, 11 अगस्तमा महिला बिहान लगभग 9 बजी घरबाट दोकान समान लिन गएकी थिइ। समान लिएर जब उ घर फर्किरहेकी थिइ तब गाउँकै संदीप नशामा धुत गलीमा खड़ा थियो।
जब उ त्यहाँबाट गइरहेकी थिइ तब संदीपले उसलाई समात्यो र गलत काम गर्ने मनसायले उसलाई बलजफ्ती घरभित्र लैजाने प्रयास गर्नथाल्यो। उसले विरोध गर्दा उसको साथ मारपिट गऱ्यो। महिलाले चिच्याउँदै संदीपको चंगुलबाट आफूलाई मुक्त गराइन् औं घरतिर दौड़ी। आरोपी संदीपले उसलाई यसको परिणाम भोग्ने धम्की दियो। महिलाले आफ्नो पतिलाई घटनाबारे बताइ। यसपछि पुलिसलाई मामिलाको शिकायत दिइन्। गढ़ी थाना पुलिसले संदीप विरूद्ध बीएनएको धारा 115(2), 62, 64 अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरेको छ। आरोपी अहिले पुलिसको हात परेको छैन। पीड़िताको भनाई छ, पहिलेपनि संदीपले उसलाई नराम्रो नजरले हेर्नेगर्थ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी