नयाँ दिल्ली, 14 अगस्त (हि.स.)। बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) र कथित 'भोट चोरी' को विरोधमा 17 अगस्तदेखि शुरू हुने कांग्रेसको 'मतदाता अधिकार यात्रा' 30 अगस्तसम्म चल्नेछ। यस यात्राको शुरूआत गया जिल्लाबाट हुनेछ, जुन मुंगेर, भागलपुर, कटिहार, पूर्णिया, मधुबनी, दरभंगा, पश्चिमी चंपारण हुँदै आरामा समाप्त हुनेछ। यात्रामा पार्टीका वरिष्ठ नेता राहुल गान्धीको साथ राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादवले पनि हिस्सा लिनेछन्।
कांग्रेस महासचिव केसी वेणुगोपालले बुधवार एक्स पोस्टमा यात्राको जानकारी दिए। उनले भने, यो यात्रा लोकतन्त्र, संविधान र जनताको अधिकारहरूलाई बचाउने दिशामा एक निर्णायक कदम हो। केही शक्तिहरूले देशको लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने र मानिसहरूको भोट चोर्ने षड़यन्त्र रचिरहेका छन्। कांग्रेस र महागठबन्धनले यी शक्तिहरूलाई जनताको माध्यमले जवाफ दिनेछ।
वेणुगोपालले भने, यो यात्रा 17 अगस्तमा सासाराममा एक विशाल ऱ्यालीको साथ शुरू हुनेछ। यसपछि यो यात्रा गयाबाट शुरू भएर 30 अगस्तमा आरामा समाप्त हुनेछ। यात्राको अन्तमा 01 सेप्टेम्बरमा पटनामा एक ठूलो मतदाता अधिकार ऱ्याली आयोजित गरिनेछ, जसमा पूरा बिहारलाई भोट चोरी सहन गरिनेछैन भन्ने सन्देश दिइनेछ। सत्ता जनताको हातमा रहोस्, विभाजनकारी शक्तिहरूसित होइन, यो सुनिश्चित गर्न कांग्रेस र उसका सहयोगी दलले संघर्ष गरिरहनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी