घुसपैठको सामना गर्न प्रधानमन्त्रीले गरे ‘हाई पावर डेमोग्राफिक मिशन’ को घोषणा
पीएम माेदी


नयाँ दिल्ली, 15 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवस 2025 मा लाल किल्लाबाट दिएको सम्बोधनमा ‘हाई पावर डेमोग्राफिक मिशन’ को शुरुआतको घोषणा गरे। उनले भने, यो मिशनले जनसांख्यिकीय बदलावहरूमाथि विशेष ध्यान दिनेछ र तय समयसीमामा सुविचारित रणनीति अन्तर्गत काम गर्नेछ।

प्रधानमन्त्रीले स्पष्ट गरे कि सुनियोजित तरीकाले डेमोग्राफी बदलिने प्रयास राष्ट्रको एकता र अखण्डताको निम्ति गम्भीर खतरा हो। यसबाट न केवल स्थानीय मानिसहरूको अवसर खोसिन्दैछ, तर समाजमा तनाउ पनि उत्पन्न भइऱहेको छ। देशले यस्ता प्रय़ासहरूलाई सहन गर्नेछैन र आफ्नो सीमावर्ती क्षेत्रहरूको जनसांख्यिकीय सुरक्षालाई प्राथमिकता दिनेछ।

उनले स्मरण गराए, भारतले त्याग र बलिदानले आजादी पाएको हो, यसैले महापुरूषहरूप्रति हाम्रो कर्तव्य हो कि हामी कुनैप्रकारको पनि जनसांख्यिकीय असन्तुलनलाई स्वीकार नगरौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande