नयाँ दिल्ली, 16 अगस्त (हि.स.)। बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) मा कथित भोट चोरीको विरोधमा कांग्रेस नेतृत्व इन्डी गठबन्धनले 17 अगस्तदेखि ‘भोटर अधिकार यात्रा’ शुरू गर्न गइऱहेको छ। यसलाई लिएर कांग्रेस मुख्यालयमा पार्टी प्रवक्ता पवन खेड़ाले यसलाई लोकतन्त्रको रक्षाको निम्ति एक ऐतिहासिक कदम बताए। उनले भने, यो लोकतन्त्रलाई दिशा दिने यात्रा हुनेछ। जब-जब राहुल गान्धी यात्रामा निस्केका छन्, तब-तब देशको लोकतन्त्रमा नयाँ मोड़ आएको छ।
खेड़ाले भने, बिहारमा जुन यात्रा शुरू भइरहेको छ, त्यसको उद्देश्य मानिसहरूलाई सजग बनाउनु हो किनभने षड़यन्त्र गर्नेले अहिलेपनि भोट चोर्ने प्रयास गरिरहेका छन्। यो यात्रा 17 अगस्तमा सासारामबाट शुरू भएर 01 सेप्टेम्बरमा पटनामा एक विशाल ऱ्यालीको साथ समाप्त हुनेछ। 16 दिनको यस पदयात्रामा लगभग 1,300 किलोमीटरको दूरी तय गरिनेछ। यात्राको अन्तिम दिन पटनामा इन्डी गठबन्धनका शीर्ष नेताहरू पनि सामेल हुनेछन्।
कांग्रेस प्रवक्ता खेड़ाले चुनाउ आयोगलाई लक्षित गर्दै भने, यदि आयोग 'डबल इन्जिन' सरकारको हिस्सा बने, यो स्वीकार गरिनेछैन। यो यात्रा ‘एक व्यक्ति-एक भोट’ को अधिकारको लड़ाई हो र यसमा हरेक बिहारवासीको भागीदारी जरूरी छ। कांग्रेसले यस पहललाई लोकतन्त्र र संविधानको रक्षाको निम्ति माइलखुट्टी बताएको छ। यो केवल राजनीतिक यात्रा नभएर जनताको अस्तित्व र अधिकारहरूको लड़ाई हो, उनले भने।
हिन्दुस्थान समाचार / भवानी थामी