गुरूग्राम, 17 अगस्त (हि.स.)। यूट्यूबर एल्विश यादवको घरमा आइतवार बिहान लगभग 5 देखि 6 बजीबीच अज्ञात आक्रमणकारीहरूल अन्धाधुन्ध गोलीबारी गरे औं घटनास्थलबाट भागे। गोलीबारीको सूचनापछि तुरन्तै पुलिस घटनास्थलमा पुग्यो र जाँच शुरू गऱ्यो। घटनालाई लिएर पुलिसले सीसीटीवी फुटेजको जाँच गरिरहेको छ।
जानकारी अनुसार, आइतवार बिहान बिग बस विनर यूट्यूबर एल्विशको सेक्टर-57 स्थित घरमा बाइक सवार तीन अज्ञात बदमाशहरूले 10-12 राउण्ड गोली चलाए। बिहान-बिहान अचानक भएको यस घटनाले क्षेत्रमा कोकोहोलो मच्चियो। यद्यपि, कसैलाई कुनै ज्यानमालको नोकसान भएको छैन। एल्विश यादव पनि त्यस समय घरमा थिएन।
पुलिस प्रवक्ता संदीप कुमारले बताए, घटनाको सूचना पाउनसाथ सेक्टर-56 को पुलिस घटनास्थलमा पुग्यो। पुलिसका धेरै टीमहरू जाँचमा जुटेका छन्।
एल्विशको घरमा बिहान तीन बदमाश बाइकमा आएका थिए। गोलीबारी घरको भूईतला र पहिलो तलामा भएको हो।
ज्ञात होस्, एल्विश यादव हरियाणवी गायक राहुल फाजिलपुरियाको निकटतम हो। गत केही दिन अगाड़ी राहुल फाजिलपुरियामाथि पनि गोलीबारी भएको थियो। यस केसलाई फाजिलपुरिया केससित पनि जोड़ेर हेरिँदैछ। अहिले पुलिस टीम मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी