बिहारका 74 लाख किसानहरूको खातामा आज आउनेछ दुई-दुई हजार रुपियाँ
बिहारका 74 लाख किसानहरूको खातामा आज आउनेछ दुई-दुई हजार रुपियाँ


पटना, 2 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र माेदीले आज पीएम किसान सम्मान निधिको 20औं किस्ता जारी गर्नेछन्। यसान्तर्गत बिहारका 74 लाख किसानहरूको खातामा पीएम किसान सम्मान निधिको 20औं किस्ताको दुई-दुई हजार रुपियाँ सोझै खातामा ट्रान्सफर हुनेछ।

प्रधानमन्त्री मोदीले उत्तर प्रदेशको वाराणसीमा आयोजित कार्यक्रमको माध्यमबाट पीएम किसान सम्मान योजनाको 20औं किस्ता जारी गर्नेछन्। प्रधानमन्त्रीले यो किस्ता जारी गर्नसाथ लाभार्थीहरूको खातामा धनराशि ट्रान्सफर हुन शुरू हुनेछ।

केन्द्र सरकारले बिहारका किसानहरूलाई विधानसभा चुनाउपूर्व ठूलो राहत दिँदै पीएएम किसान योजनाको 20औं किस्ता जारी गर्नपूर्व फर्मर रजिस्ट्रीको शर्तलाई हटादिइएको छ। यो कदम ती हजारौं किसानहरूको लागि लाभदायी साबित हुनेछ जसले अहिलेसम्म फर्मर रजिस्ट्री गराएका थिएनन्। तर योजना अन्तर्गत लाभार्थीहरूको संख्या 74 लाख रहेको छ। यस फेरबदलपछि राज्यका सबै लाभार्थीहरूको खातामा सोझै राशि ट्रान्सफर हुनेछ।

बिहार सरकारले पनि किसानहरूको हितमा विभिन्न योजना तथा सब्सिडीलाई प्रेरित गरेको छ जस्तै उर्वरक, बिउ औ आधुनिक कृषि उपकरणहरूमा छुट। आगामी महिनादेखि राज्य सरकारले कृषि सम्बन्धि तथा केही विकास परियोजनाहरूलाई द्रूत गतिमा लागू गराउने योजना बनाइरहेको छ जसबाट किसानहरूको आयमा वृद्धि हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande