तीनधारे हिल 10 किलोमिटर रनको लागि दार्जिलिङदेखि तीनधारेसम्म प्रमोशनल‌ रन सम्पन्न
तीनधारे हिल 10 किलोमिटर रनको लागि दार्जिलिङदेखि तीनधारेसम्म प्रमोशनल‌ रन सम्पन्न


खरसाङ, 04 अगस्त (हि.स.)। तीनधारे हिल 10 किलोमिटर रनको प्रमोशनको लागि दार्जिलिङदेखि तीनधारेसम्म प्रमोशनल‌ रन सम्पन्न भएको छ।‌ तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने हिल 10 किलोमिटर रनको लागि हिमालयन रनर घुम दार्जिलिङका 35-40 जना रनरहरुले बिहान 3 बजी दार्जिलिङदेखि तीनधारेसम्म दौड लगाए।

आयोजक समितिको तर्फबाट धावकहरूलाई सभासद नवराज छेत्री, युवराज सुन्दास र अन्यले स्वागत जनाएका थिए। सबै रनरहरुलाई आयोजक समितिको तर्फबाट तीनधारेको महात्मा गाँधी हलमा स्वागत जनाइएको थियो।

उल्लेखनीय छ, तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हिल 10 किलोमिटर रन ड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि साथै स्वास्थ्य नै धन हो भन्ने उद्देश्यका साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र तीनधारे नर्सको संयुक्त आयोजनामा हुन गइरहेको छ। उक्त रनलाई लिएर हालमा ट्रायल रन साथै प्रमोशनल रन आयोजना भइरहेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande