एसएसबी सेक्टर मुख्यालयद्वारा ब्रह्माकुमारी दिदीहरूसँग रक्षा बन्धन पालन
एसएसबी सेक्टर मुख्यालयद्वारा ब्रह्माकुमारी दिदीहरूसँग रक्षा बन्धन पालन


गान्तोक, 04 अगस्त (हि.स.)। मार्चाकस्थित सेक्टर मुख्यालय सशस्त्र सीमा बल (एसएसबी) का अधिकारी र पदाधिकारीहरूले आज रक्षा बन्धन ठूलो उत्साह र उल्लासका साथ पालन गरे। यस अवसरमा ब्रह्मा कुमारी, गान्तोकका दिदीहरूले उपस्थिति जनाएका थिए, जसलाई सेक्टर गान्तोकका अधिकारी र पदाधिकारीहरूले परम्परागत रूपमा स्वागत जनाएका थिए।त्यसपछि दिदीहरूले कर्मचारीहरूलाई राखी बाँधेर आशीर्वाद दिए। उक्त जानकारी आज पीआईबीले दिएको छ।

ब्रह्मा कुमारीकी प्रमुख दिदी कुमारी सोनामले आन्तरिक शान्ति, आत्म-चिन्तन र समाजको सेवाको महत्त्वमाथि जोड दिँदै एसएसबी कर्मीहरूसँग आफ्नो आध्यात्मिक ज्ञान साझा गरिन्। उनको बुद्धिमत्ताका शब्दहरूले कर्मचारीहरूलाई जीवनप्रति सकारात्मक र अनुशासित दृष्टिकोण अपनाउन प्रेरित गरे।

गान्तोकस्थित सेक्टर हेडक्वार्टर एसएसबीका सेकेण्ड-इन-कमाणअड सुनिल कुमारले पनि भेलालाई सम्बोधन गर्दै कर्मचारीहरूलाई राम्रो अनुशासन अभ्यास गर्न, सकारात्मक ऊर्जा ग्रहण गर्न र सहयोगी मनोवृत्ति खेती गर्न प्रोत्साहित गरे। उनले एसएसबीका कर्मचारीहरूसँग यो अवसर मनाउन समय निकालेकोमा ब्रह्माकुमारी दिदीहरूप्रति हार्दिक आभार व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande