दक्षिण दिनाजपुर, 2 अगस्त (हि.स)। बालुरघाटदेखि दिघासम्मको लागि उत्तर बंगाल राज्य परिवहन निगमको वातानुकूल बस सेवा शुरू भएको छ। यो बस हरेक मंगलवार र शनिवार साँझ बालुरघाटदेखि प्रस्थान हुनेछ भने बुधवार र आइतवार अपरान्ह दिघादेखि बालुरघाटतर्फ प्रस्थान हुनेछ। बसको भाड़ा 960 रुपियाँ तय गरिएको छ। यस अत्याधुनिक बसमा 45 जना यात्रीहरू बस्न सक्नेछन्।
दिघा मात्र नभएर बालुरघाटदेखि सिलगढ़ीसम्मको पनि एउटा नन एसी बसको शुभारम्भ भएको छ। दुवै बसको उद्घाटन निगमका चेयरम्यान पार्थ प्रतिम रायले गरे। निगमका निदेशक मण्डलका सदस्य तोराफ हुसैन मण्डल, पूर्व मन्त्री शंकर चक्रवर्ती र दक्षिण दिनाजपुर जिल्ला परिषदका सहायक सभाधिपति अम्बरिश सरकार पनि उपस्थित थिए।
निगमका चेयरम्यानले भने, बालुरघाटका जनप्रतिनिधिहरूले लामो समयदेखिकै बस सेवालाई शुरू गर्ने माग गरिरहेका थिए। त्यसैले भाड़ामा विशेष छुट सहित यो बस सेवा शुरू गरिएको छ। यसबाट दिघास्थित जगन्नाथ मन्दिरका दर्शनार्थीहरूलाई पनि लाभ पुग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा