श्रीनगर, 2 अगस्त (हि.स.)। हालैमा भएको घना वर्षापछि रखरखाउ कार्य भइरहेकोले अमरनाथ यात्रा 3 अगस्तदेखि दुवै मार्गमा स्थगित गरिएको छ। यो वार्षिक यात्रा आगामी 9 अगस्तको दिन श्रावण पूर्णिमा औ रक्षा बन्धनको दिन सम्पन्न हुनेछ।
सम्भागीय आयुक्त कश्मीर विजय कुमार बिधूड़ीले भने, हालैमा भएको भीषण वर्षाको कारणले बालटाल र पहलगाम दुवै मार्गमा महत्वपूर्ण मरम्मत अनि रखरखाउ कार्य गर्न आवश्यक आएको छ। उनले भने, यो पनि देखिएको छ कि भोलिदेखि मार्गमा कर्मचारी अनि मशिनहरू निरन्तर रूपमा तैनाथ गरिने हुनाले हामी फेरि यात्रा शुरू गर्न सक्नेछैनौं। त्यसैले 3 अगस्तदेखि दुवै मार्गमा यात्रा स्थगित रहनेछ।
एकजना आधिकारिक प्रवक्ताले भने, यस वर्ष 4.10 लाखभन्दा अधिक यात्रीहरूले श्री अमरनाथजीको पवित्र गुफामा दर्शन गरिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा