कोलकाता, 2 अगस्त (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाताको सल्टलेक क्षेत्रका बेहाल सड़क अनि जलजमाउविरूद्ध भारतीय जनता पार्टी (भाजपा)-को युवा एकाईले व्यापक प्रदर्शन गऱ्यो। शुक्रवार भाजपा युवा मोर्चाका कार्यकर्ताहरूले सड़कको खाल्डो परेको ठाउँमा सेतो कपड़ा र मालाले ढाकेर प्रशासनको विरोधमा अनौठो ढंगमा प्रदर्शन गरे।
यो विरोध प्रदर्शन सल्टलेक हार्ट क्लिनिक नजिक भएको हो जसले गर्दा आम मानिसहरूलाई ठूलो समस्या भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस र पार्टी कार्यकर्ताहरूमाझ झड़प भयो। स्थितिलाई नियन्त्रण गर्ने क्रममा पुलिसले केही प्रदर्शनकारीहरूलाई हिरासतमा पनि लियो।
भाजपा कार्यकर्ताहरूको आरोप छ, क्षेत्रका सड़कहरू जीर्ण भइसकेका छन्, नालीहरूको सफाई भइरहेको छैन। सामान्य वर्षा हुँदै नालीहरू भरिएर पानी सड़कहरूमा बग्छ। तथापि नगर प्रशासन हात बाँधेर बसेको छ। उनले भने, सेवा प्राप्त भइरहेको छैन, यसको विरोध गऱ्यो भने पनि पुलिसले हामीलाई हटाइदिन्छ। यो तानाशाही हो
बिधाननगर नगरनिगमका अधिकारीहरूको भनाइ छ, बर्खा लाग्न अगाड़ि नै सड़कहरूको मरम्मत कार्य शुरू गरिएको थियो साथै नालीहरूको सफाई पनि गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा