दमदम एयरपोर्टमा काँच भत्काएर भाग्ने चेष्टा, बंगलादेशी युवक पक्राउ
दमदम एयरपोर्टमा काँच भत्काएर भाग्ने चेष्टा, बंगलादेशी युवक पक्राउ


कोलकाता, 2 अगस्त (हि.स.)। कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाईअड्डामा शनिवार त्यसबेला भागदौड़ मच्चियो जतिबेला एक जना बंगलादेशी नागरिकले एयरपोर्टको इन्टरनेशनल लाउञ्जको काँच भत्काएर भाग्ने चेष्टा गऱ्यो। युवकको पहिचान मोहम्मद अशरफुल (25)-को रूपमा भएको छ। सिंगापुरमा कार्यरत अशरफुल इण्डिगोको फ्लाइटबाट सिंगापुरदेखि कोलकाता आइपुगेका थिए भने उसको अघिल्लो फ्लाइट ढाकाको लागि थियो।

त्यहाँ उपस्थित मानिसहरू अनुसार उ लाउञ्जमा बसेको थियो अचानक उसले काँच भत्काएर भाग्ने चेष्टा गऱ्यो। घटनास्थलमा तैनाथ सीआईएसएफ जवानहरूले तत्काल कारबाही गर्दै उसलाई समाते अनि एयरपोर्ट अधिकारीहरूद्वारा जाँचबुझ गरिएपछि उसलाई बिधाननगर पुलिसकहाँ सुम्पिदियो।

जाँचबुझमा युवकले अनौठो प्रकारको कुरा गरिरहेको थियो जसबाट उसको मानसिक स्थितमाथि पनि प्रश्न उठिरहेको छ। साथै पुलिसले यो पनि जाँच गरिरहेको छ, उ कुनै प्रकारको तस्करी वा आपराधिक गतिविधिमा सामेल त थिएन।

हाल पुलिसले मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ साथै यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि उसले यस्तो कदम किन उठायो?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande